काठमाडौं ,कार्तिक १९- माओवादी सहित नौवटा पार्टीले आज एकता गर्दै गर्दा पुर्व माओवादी सेनाका लडाकुले चित्त दुखाउदै प्रचण्डको नाममा एउटा मार्मिक चिट्ठी लेखेकी छ्न।उनी लेख्छन् - यसरी सकिनु नै थियो, भने हिजो त्यत्रो नाटक के को लागि थियो...?? :- पुर्व जनमुक्ति सेनाकी लडाकुले प्रचण्डलाइ गतिलो झापड दिने गरेर लेखेकि छन ।
गरिव जनताका छोराछोरिलाई मर्न र मार्न किन बाध्य पारियो ??
माओवादी पार्टी नै विलयको अवस्थामा पुगेपछि पुर्व जनमुक्ति सेनाकी ल'डाकु तथा महिला नेत्रि सिर्जना साही ठकुरी यसरी सामाजिक सञ्जालमा लेखेकी छन् ।
आदरणिय नेता गण हरु
लाल अभिबादन
"कुन शब्द बाट शुरु गरुँ र कहाँ पुगेर अन्त्य गरुँ कुनै मेसो पाउन सकेकी छैन । रनभुल्ल परेकि छु, यस्तो चक्रब्युहमा फसेकि छु कि के लेख्ने के नलेख्ने । लामो समय पछि अतीत तिर फर्किन मन लाग्यो, युद्धकालमा जीवन मरणको महान अभियानको बिचमा मैले जत्ति बुझे र जानेकि थिए त्यति नै युद्ध सस्मरणको रुपमा जस्ताको त्यस्तै डायरिमा उतारेकि थिए । तिनै स्मृतिका पाना पल्टाउदै जादा आज आफैले लेखेका तिनै युद्ध सस्मरणहरुले मलाई नै प्रश्न गरिरहेका छन जिन्दगीको चक्र नै यस्तै रहेछ । जहाँ आशा, निराशा सम्भावना, छट्पटी ,आवेग र संवेग सबै कुरा एकसाथ ।
समयले एकपछि अर्को पाठ सिकाउदै जाने रहेछ मान्छेको जिवनलाई , मलाई पनि आज आएर आफ्नै जीवन यात्राको बिगत तिर फर्किन बाध्य बनायो । जो अहिले देशमा राजनीति चहलपहलले तहल्का मच्चाएको छ, यसले गर्दा मलाई मात्रै नभई हजारौं घाइते अपांगहरु, सहिद परिवारहरु, वेप'त्ता परिवारहरु र शुभचिन्तकहरुलाई निराशाको कालो बादलले ढाँकेको छ, सन्ना*टा छाएको छ ।
१३ वर्षकै कलकलाउदो उमेरमा जन्म दिने आमा बुवा लाई छोडेर उज्ज्वल भबिस्य लाई धरापमा पार्दै कापि कितावहरु थन्क्याएर मुक्ति वा मृ"त्यु'को कसम खादै बाल्यकालमा नै जनयुद्धमा हाम फालियो ।कति दु:ख भोगियो भनेर साध्य नै छैन । जनयु'द्धमा नै बाल्यकाल बित्यो, र जनयुद्धमा नै जवानी पनि । यहि पार्टीमा हाम्रो बाल्यकाल देखि नै पसिना र र'ग*त बग्यो। भोतिक शरीर अंगभंग बन्यो जो अहिले पनि कष्ट"कर पी*डा भोगिरहेकि छु । शरीर भरि टु'इन्च मोटारका बिशा'लु छर्राहरु बोकिरहेकि छु र शरिरमा सुरक्षित रुपमा जनयुद्धको उपहार सम्झेर समाहालेर राखेकि छु ।
साँच्चै नै आज मुटुमा राँको बलिरहेको छ । जुन पार्टीमा त्याक तपस्या र बलिदान गरियो, आज त्यहि पार्टीको नाम निशान नै नरहदा कता कता यस्तो लाग्दैछ आफ्नो भविस्य बिगारेर जनयुद्धमा बेक्कार मा लागिए छ । आफ्नै शरीर बाट बगेको रगतले आज आफैलाई धिक्कारे जस्तो लाग्दैछ । आखिर के पायौं त म जस्ता इमानदार र सोझा हजारौं घाइते अपां'गहरुले ? लिने ले त बेला बेला र मौका मौकामा लाभ लिएकै छन । ताक परे तिवारी नत्र गो तामे भने झै, तर जहिले पनि हामी सोझा र इमानदार कार्यकर्ता हरु ओझेलमा परिरहयौ, मारमा परिरहयौ ।
यसो भन्दै गर्दा सेना समायोजन काो प्रकृया पछि म स्वैच्छिक अवकाश लिएर बाहिर निस्किए पछि म कुनै पनि संगठनमा बसिन । त्यहि पनि गर्व लाग्थ्यो आफैले लडे'का विरतापुर्वक इतिहास सम्झेर, तर अब त त्यहि गर्व गर्ने बाटो पनि रहेन माओवादि नाम सुन्दा पनि आनन्द लाग्थ्यो । तर अब माओवादि नाम नै नरहने गरि आ आफ्नो स्वार्थको लागि नेता भनाउदाहरुले सकाए । दुनियाँलाई रमिते बनाएर आफु पनि सकिए, हुन त नेताहरुलाई के छुन्छ होला र ? प्रत्यक्ष फिल्डमा लड्ने, मर्ने र दु:ख गर्ने त हामी सोझा इमानदार योद्धा'हरु थियौ ।
रगतका आहालमा डुबेर कयौं साथिहरु र आफन्तहरु आफ्नै आँखा अगाडि युद्ध मोर्चामा गुमायौं।त्यो पीडा हामीलाई छ । हाम्रो घाइते मुटु दुखिरहेको छ, हाम्रो छाति पो'लि*रहेको छ । यसरी सकिनु नै थियो भने हिजो त्यत्रो नाटक के को लागि थियो ?? गरिव जनताका छोराछोरि हरुलाई मर्न र मार्न किन बाध्य पारियो ??
तर तिमिहरुको पनि हिसाब किताब गर्ने छौ । गौरवशालि इतिहासले, पोल्ने छ हजारौ शहिदहरुको रगतले स'राप लाग्ने छ, सहि'द परिवार र बेपत्ता परिवारको, अनि खिया लाग्नेछन तिम्रा बिचारहरु, अनि नमज्जाले बजारिने छन तिम्रा रेलगाडी हरु ,,।
उहीँ शुभचिन्तक घाइते योद्धा
मिना कुमारी शाही ( क . शुभेच्छा )