काठमाडौँ, साउन १९ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को बहुप्रतिक्षित नतिजा सार्वजनिक गरेको छ। सोमबार सार्वजनिक गरिएको नतिजा अनुसार यस वर्ष परीक्षा दिएका विद्यार्थीमध्ये ६१.१७ प्रतिशतले मात्र सफलता हात पारेका छन् भने ३८.८३ प्रतिशत विद्यार्थी ‘ननग्रेड’ भएका छन्।
यस वर्ष कक्षा १२ को परीक्षामा नियमिततर्फ ३ लाख ९५ हजार १०८ र आंशिकतर्फ १ लाख १५ हजार ६४१ जना गरी कुल ५ लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी भएका थिए।
बोर्डले सार्वजनिक गरेको विवरणअनुसार यस वर्षका विद्यार्थीहरूले ल्याएको ग्रेड यस प्रकार रहेको छः
४ GPA ल्याउने : १३,५०२ जना
३.६० GPA ल्याउने : ५५,८९६ जना
३.२० GPA ल्याउने : ९४,२६८ जना
२.८० GPA ल्याउने : ६९,८१२ जना
२.४९ GPA ल्याउने : ८,९६४ जना
२ GPA ल्याउने : २३ जना
बोर्डका अनुसार यस वर्षको नतिजा विगत वर्षहरूको तुलनामा केही फरक देखिएको छ। साथै, विद्यार्थीहरूले आफ्नो ग्रेडसिट विद्यालय वा अनलाइन प्रणालीमार्फत सहज रूपमा हेर्न सक्ने व्यवस्था मिलाइएको जनाएको छ।
१९ साउन २०८२, सोमबार ०९:३६ मा प्रकाशित