अक्टोबर ३०-आज सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग–२ (ICC CWC League 2) अन्तर्गतको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध ५ विकेटको हार व्यहोरेको छ।
नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै ५० ओभरमा २३३ रनको योगफल तयार पारेको थियो। जवाफमा यूएईले ४३.३ ओभरमै ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै खेल जित्यो।
यूएईका लागि विकेटकिपर ब्याट्सम्यान असीफ शर्माले उत्कृष्ट प्रदर्शन गर्दै ९८ रन बनाए। उनले ९८ बलमा १० चौका र ३ छक्का प्रहार गरे। त्यस्तै अलि शरफुले ४५ रनको तिब्र पारी खेले जसमा ६ चौका र ३ छक्का सामेल थिए। अन्यतर्फ मोहम्मद वसीमले २६, ध्रुव पराशरले १६, हर्षद कौशिकले १३, र जुल्फिकार अलीले ११ रन बनाएर टोलीलाई जितसम्म पुर्याए। कप्तान रोहन चोप्रा १५ रनमा चोटका कारण retired hurt भएका थिए।
नेपालका बलरमध्ये सन्दीप लामिछानेले १० ओभरमा ३४ रन दिँदै २ विकेट लिए भने करण केसी, दिपेन्द्र सिंह ऐरी र गुलशन कुमार झाले तिनै जनाले १–१ विकेट साझा गरे।
यसअघि नेपालका ब्याट्सम्यानहरुले ५० ओभरमा २३३ रन बनाए पनि बलिङमा यूएईका ब्याटरलाई रोक्न नसक्दा हार बेहोर्नु पर्यो। यूएईले ३९ बल बाँकी रहँदै खेल जितेको हो।
यस जीतसँगै यूएईले लिग–२ मा महत्वपूर्ण अंक जोडेको छ भने नेपालले अर्को खेलमा पुनरागमन गर्ने लक्ष्य लिएको छ।