काठमाडौं ,पुस २३-काठमाडौँको नेचर हबबाट आएको बा ४ ख ८७८८ नम्बरको गाडी जरसिङ्ग पौवाको जङ्गल क्षेत्रमा दुर्घटनामा परेको छ। दुर्घटनामा ४ जना जति गम्भीर घाइते भएका छन् भने ३० जना जति रगतपक्ष घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
घाइतेहरूको तत्काल उपचारका लागि सुष्मा कोईराला अस्पताल, साँखु तथा पीपुल्स लाइफ केयर, साँखु पठाइएको छ। घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उद्धार कार्य सम्पन्न गरिएको छ।
दुर्घटनाको कारण र थप विवरण आउन बाँकी छ।
२२ पुस २०८२, बुधबार ०७:३१ मा प्रकाशित