काठमाडौँ–३ मा जेन जेड अस्मिता खत्रीले उम्मेदवारी घोषणा, पुर्व सान्सद सन्तोष चालिसेलाई कडा चुनौती दिने!

sidhasamachar.com

काठमाडौँ ,मंसिर २६- आसन्न फाल्गुन २१ गते घोषणा गरिएको संघको चुनावले राजधानीको राजनीतिक माहोल फेरि एकपटक तातिने भएको छ। जेन–जेड रेड फोर्सकी सह–सम्योजक तथा अखिल क्रान्तिकारी केन्द्रीय छात्रा विभागकी उप–प्रमुख,केन्द्रीय सचिवालय सदस्य अस्मिता खत्री काठमाडौँ क्षेत्र नम्बर ३ बाट संघीय चुनावकी उम्मेदवारका  रूपमा उभिने भएकी छिन्। 

युवाहरूको बिसौनी, सडक संघर्षदेखि क्याम्पसको अग्रमोर्चासम्म सक्रिय खत्रीले आफू जेन–जेड पुस्ताको “प्रतिनिधिमात्र होइन, परिवर्तनको मुखर आवाज” मंगलाएको भन्दै उम्मेदवारी घोषणा गरेकी हुन्। भाद्र २३ र २४ मा भएको जेन जि विद्रोहको स्पिरिट अनुसार उनको उम्मेदवारी आएको देखिन्छ।

उनी नेपाली कांग्रेसका उम्मेदवार सन्तोष चालिसेका प्रत्यक्ष प्रतिद्वन्द्वीका रूपमा उभिँदैछिन्। अब काठमाडौँ–३ को चुनाव केवल दलको शक्ति–प्रतिस्पर्धा मात्र होइन—पुरानो राजनीतिक संरचना र नयाँ पुस्ताको विद्रोहबीचको सीधा भिडन्त बन्ने संकेतहरू देखिन थालेका छन्।उनको उम्मेदवारी घोषणाले बाजे पुस्ता र नाति पुस्ता बीच राजनीतिक स्पर्धा हुने पक्का देखिनेछ।

अचानक आएको यो उम्मेदवारीले काठमाडौँ–३ लाई देशकै सबैभन्दा चर्चित, तातो र अनिश्चित संघीय निर्वाचन क्षेत्रको रूपमा उभ्याइदिने पक्का छ। खत्रीको घोषणा सङ्गै अन्य दलहरुलाइ पनि युवा उम्मेदवार खडा गर्न नैतिक दबाब पर्ने पक्का छ।

प्रतिक्रिया