आज विश्व स्तनपान दिवस : "आउँ, दुधको शक्तिको उत्सव मनाऔँ"

sidhasamachar.com

काठमाडौं, साउन १६ – आज अगस्ट १ विश्व स्तनपान दिवस विश्वभर मनाइँदैछ। प्रत्येक वर्ष अगस्ट १ देखि ७ सम्म स्तनपान सप्ताह मनाइन्छ, जसको उद्देश्य शिशुको जीवनरक्षा, स्वास्थ्य सुधार र मातृत्व सशक्तिकरणमा स्तनपानको महत्वबारे जनचेतना फैलाउनु हो।

यस वर्षको नारा "आउँ, दुधको शक्तिको उत्सव मनाऔँ" रहेको छ, जसले स्तनपानलाई प्राकृतिक, पौष्टिक र जीवनपरक ‘दुधको शक्ति’ को रूपमा सम्मान गर्न आह्वान गरेको छ।

स्वास्थ्य विज्ञहरूका अनुसार जन्मपश्चात् पहिलो ६ महिनासम्म माताको दूध मात्र खुवाउनु शिशुको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने र शारीरिक–मानसिक विकासमा महत्वपूर्ण हुन्छ। साथै, मातृस्वास्थ्य र मातृत्व सम्बन्धमा पनि स्तनपानको गहिरो सम्बन्ध रहेको विज्ञहरूको भनाइ छ।

नेपालमा स्वास्थ्य संस्था र विभिन्न संघ–संस्थाहरूले आजदेखि स्तनपान सप्ताहका अवसरमा सचेतना अभियान, गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै छन्।

सरकार र सरोकारवालाहरूले माताहरूलाई सहज रूपमा स्तनपान गर्न सक्ने वातावरण निर्माण र समुदायस्तरमा अझ व्यापक अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।


प्रतिक्रिया