काठमाडौं,श्रावण,५-त्रिभुवन विश्वविद्यालयद्वारा "नेपालमा मानवशास्त्र तथा हिमालय"शिर्षकमा आयोजित दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आज समापन भएको छ।तिनसय भन्दा बढी रास्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवशास्त्रीय अध्यताहरु सम्मीलित सो सम्मेलन जावलाखेल स्थित स्टाफ कलेजमा हिजो आइतबार र आज सोमबार दुई दिन चलेको थियो।
विश्वका दस भन्दा बढी देशका मानवशास्त्रसंग सम्बन्धित व्यक्तिहरुको उपस्थिति रहेको सो अन्तर्राष्ट्रिय सम्मेलनमा हिजो र आज गरि असी भन्दा बढी कार्यपत्रहरुको प्रस्तुति र त्यस बारे छ्लफल भएको थियो।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रोफेसर दिपक अर्यालद्वा उद्घाटन भएको सो कार्यक्रममा विश्व प्रसिद्ध मानवशास्त्री प्रोफेसर डेभिड केल्नरद्वारा पनि कार्यपत्र पेश गरिएको थियो।
विभिन्न चार समानन्तर प्यानलहरुमा कार्यपत्रहरुको प्रस्तुति तथा छलफल भएको सो कार्यक्रम भव्यता पुर्वक शुरु भै सफलतापुर्बक समापन भएको थियो।सहभागीहरुका अनुसार सो अन्तर्राष्ट्रिय मानवशास्त्री सम्मेलन नेपालको समाजिक विज्ञान तथा अनुसन्धानको क्षेत्रमा एउटा कोशे ढुङ्गा भएको विचार प्रकट गरेका छन् ।
अर्को वर्ष पनि यस्तै खाले अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिने कुरा आयोजकले जनाएका छन् ।