३०० बर्ष अघिको महामारी - SidhaSamachar
३०० बर्ष अघिको महामारी, An epidemic 300 years ago, epidemic in Nepal

३०० बर्ष अघिको महामारी :

हाम्रा पुर्विय लिखत हेर्दा हरेक १२० बर्षमा महामारी आउँछ भनी लेखिएको देखिन्छ । यद्यपि, नेपालमा महामारीको ईतिहास अन्तर्गत खासै खोज भएको देखिंदैन त्यसैकारण पनि बिश्व ईतिहासका घटनाक्रम जसरी नेपालको ईतिहासका घटनाक्रमहरुको जानकारी सहजै भेटिंदैन । नेपालमा बिभिन्न कालखण्डहरुमा हालको कोरोना भाइरस जस्तै बिश्वब्यापी महामारीको प्रभाव र क्षति भएको देखिन्छ । यहाँ प्रस्तुत जानकारी बि सं १७७२ को चैत्रमा फैलिएको यस्तै एक महामारीको हो, जसका कारण तत्कालिन मल्ल राजा भाष्कर मल्ल, काठमाण्डौंका तीनवटै कुमारी लगायत काठमाण्डौंमा १८,७१४ मानिसको निधन भएको थियो ।