दशरथ रंगशाला दुर्घटना|Dasarat Rangasala Disaster| - SidhaSamachar
dasarath rangasala stadium ,Dasarath Rangasala Disaster,dasarath rangasala durghatana,

सन्दर्भ : फागुन २९ | दशरथ रंगशाला दुर्घटना |


विश्व खेल इतिहासमा रंगशालामा भएको दुर्घटनामा भएको मानवीय क्षतिका हिसाबले वि.सं.२०४४ साल फागुन २९ गतेको दशरथ रंगशालाको यो घटनालाईइ समग्रमा चाैंथो ठुलो घटनाका रूपमा लिइन्छ । जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्तिजोद्धा त्रिभुवन च्यालेन्ज शिल्ड उपाधिका लागि दिउँसो २ः३० बाट सुरू भएको फाइनल खेलको १९ औं मिनेट तिर जोडले हावाहुरी चलेर नजिकैको सैनिक मुख्यालय तर्फका ठुलठुला रूखका हाँगा नै रंगशालामा खस्न थालेपछी दर्शकदीर्घामा ज्यान जोगाउन भागदाैडको क्रममा थुप्रै फुटबल समर्थकहरू घाइते हुनुका साथै ९३ जनाले ज्यान गुमाउन परेको थियो ।


करिब ३० हजार दर्शक क्षमता भएको दशरथ रंगशाला प्रवेशका ढोकाहरूमा लगाइएका ताल्चाका कारण समयमै दर्शकहरू बाहिरिन नपाउँदा यो दुर्घटना भएको थियो । घटनाको चौथो दिन नैतिकताको आधार देखाउँदैतत्कालीन शिक्षा तथा खेलकुद मन्त्री केशरबहादुर विष्टले श्री ५ वीरेन्द्र समक्ष राजीनामा पनि बुझाएका थिए।

1988 Dasharath Stadium disaster, dasarath rangasala stadium dasarath rangasala durghatana Dasharath Rangasala Dararat Rangasala Durghatana दशरथ रंगशाला दुर्घटना
Dasarath Rangasala Disaster


काठमाण्डौं बाहेक बुटवल, जनकपुर, वीरगञ्ज लगायतका स्थानबाट पनि फाइनल खेल हेर्न दर्शकहरूको उपस्थिती रहेको थियो । केहि समयको हावाहुरी रोकिएपछि प्रहरी सुरक्षा घेराबीच खेलाडीलाई होटलतर्फ लगिए सँगै अखिल नेपाल फुटबल संघ (एन्फा) बाट रोकिएको खेल पछि हुने घोषणा गरेको भएपनि दुर्घटनापछि खेल हुन सकेन र तीन दिनपछि बंगलादेशी टोली पनि घर फर्कियो । यस्तै अवस्था फेरी आइपरेमा दर्शकहरूलाई बाहिर इन सहज हुन्छ भन्ने उद्देश्यले उक्त भयानक घटनापछि दशरथ रंगशालामा फुटबल खेल हुँदा दोश्रो हाफबाट नै प्रवेशद्धारहरू खुल्ला राख्न थालियो ।