जेष्ठ ३ | दासढुङ्गा जिप दुर्घटना | - SidhaSamachar
Madan Bhandari Jeep dhurghatana , madan bahandari hatya kanda, जेष्ठ ३ | दासढुङ्गा जिप दुर्घटना |

तस्विर: त्रिशूली नदी बाट निकालिएको दुर्घटनाग्रस्त जिप |


वि. सं. २०५० साल जेठ ३ गते नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको चितवनस्थित दासढुङ्गामा रहस्यमय जिप दुर्घटनामा परी निधन भएको थियो । जेठ ३ गतेकै दिन पोखरामा भएको एमालेको जिल्ला अधिबेशन सकेर चितवनमा अखिल नेपाल महिला संघको भेलामा आउँदै गर्दा जीप दुर्घटनामा परेको थियो । दुर्घटनामा जिप चालक अमर लामा जिवित रहनु र पछि उनको हत्या हुनुले दुर्घटनालाई रहस्यमय मानिन्छ । यो बीचमा भण्डारीको विचार र सिद्धान्त बोकेको पार्टी तत्कालीन नेकपा एमाले पटक–पटक सरकारमा पुग्यो तर दुर्घटनाको रहस्य पत्ता लाग्न सकेन ।

Source: तस्विरमा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *