नक्कली डिएसपी पक्राउ - SidhaSamachar
नक्कली डिएसपी पक्राउ

घटना विवरणः-

आफूलाई नेपाल प्रहरीको डाक्टर / मेडिकल प्रहरी नायब उपरीक्षक (डिएसपी) भनी प्रहरीको पोशाक लगाएको फोटो फेसबुकमा राखि नपाएको ओहोदा/ पदवी पाएको भनि भ्रम सिर्जना गरेको भन्ने यस महाशाखामा प्राप्त सूचनाको आधारमा यस महाशाखाबाट खटि गएको बिशेष प्रहरी टोलिले जिल्ला काठमाण्डौं तारकेश्वर नगरपालिका वडा नं. ६ बस्ने बर्ष ४४ को कृष्ण प्रसाद ढुङ्गानालाई तारकेश्वर नगरपालीका वडा न. मा निजले संचालन गरेको भिक्टोरिया फार्मेसी बाट पक्राउ गरी निजको बारेमा थप आवश्यक अनुसन्धान कार्य भइरहेको ।साथै कोही व्यक्ति निजबाट पिडित भएको भए यस महानगरीय अपराध महाशाखामा सम्पर्क गर्न हुन अनुरोध ।

पक्राउ व्यक्ति:-

१. नाम :- कृष्ण प्रसाद ढुङ्गाना (Dr.SK Dhungana) उमेर :- ४४ बर्षठेगाना :- का.जि. तारकेश्वर न.पा. वडा नं. ६ ,जरङगू

अनुसन्धानबाट खुल्न आएका कुराहरुः-

१. आफुलाई मेडिकल डाइरेकटर (Dr.SK Dhungana )हुँ भन्दै मेडिकल फर्म संचालन गर्दै आएको ।

२. नेपाल प्रहरीको कर्मचारीलाई सशस्त्र प्रहरीको डिएसपी र सशस्त्र प्रहरीको कर्मचारीलाई नेपाल प्रहरीको डिएसपी हुँ भन्दै आएको ।

३. नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षकको यूनिफम लगाएको फोटो आफ्नो फेसबुक प्रोफाइलमा राख्ने गरेको ।

निजको साथबाट बरामद भएका सामानहरुः-

१. नेपाल प्रहरीको बिभिन्न पदहरूको यूनिफम लगाएका फोटा थान -३

२. प्रहरी नायब उपरीक्षकको यूनिफम थान-१

३. नेपाल प्रहरीको जर्सि थान -१६. मोबाईल सेट थान -१