नेपाली भाषाको पुरानो शिलालेख : - SidhaSamachar
नेपाली भाषाको पुरानो शिलालेख :

प्राप्त तथ्य हेर्दा वि. सं. १०३८ तिर लेखिएको अनुमान गरिएको भूपाल दामुपालको दुल्लु शिलालेख नेपाली भाषामा आजसम्म प्राप्त सबैभन्दा पुरानो प्रमाणको रूपमा रहेको मानिन्छ। त्यसपछि शिलालेख, ताम्रपत्र र कागजातहरू लेखिएको इतिहास भेटिन्छ।

नेपाली भाषा पश्चिमबाट मध्य नेपालसम्म पृथ्वीनारायण शाहको एकीकरणभन्दा पहिले नै फैलिएको मानिन्छ। प्रारम्भिक नेपाली भाषालाई खस कुरा, सिञ्जाली भाषा आदि नामले चिनिने यो भाषा श्री ५ पृथ्वीनारायणबाट भएको नेपाल एकीकरण अभियानपछि गोर्खाली भाषाको रूपमा परिचित हुनपुग्यो। कर्णाली क्षेत्रबाट विकास भएर मध्य नेपाल हुँदै पूर्वी नेपालमा समेत फैलिएपछि यो भाषाको पूर्वी भेद मानक नेपाली भाषामा रूपान्तरण भयो। राणाकालको अन्तिम तिरमात्रै विद्वानहरूले गोर्खाभाषाको सट्टा यसलाई ‘नेपाली भाषा’ भन्न थाले। श्री ५ महेन्द्रको पालामा वि. सं. २०१९ सालमा जारी गरिएको संविधानमा नेपाली भाषालाई राष्ट्रभाषाको मान्यता दिइएको पाइन्छ।

लेखक: Jagdish Jags Bhandari (Jags)