दाङ तुलसीपुर क्षेत्रको टिकरीमा गोली फाईरिङ गरेको आरोपमा पेस्तोल सहित दुई जना पक्राउ - SidhaSamachar

तुलसीपुर, २८ जेठ

दाङ तुलसीपुर क्षेत्रको टिकरीमा गोली फाईरिङ गरेको आरोपमा पेस्तोल सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर ८ टिकरी बस्ने २४ बर्षिय पुर्ण वली र २१ बर्षिय आकास चौधरी रहेको प्रहरीले बताएको छ ।

उनीहरुलाई शुक्रवार दिउँसो टिकरी नजिकै अश्वारा गनारी कुलोबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिनुभयो । जग्गा विवाद हुदा उनीहरुले गोली चलाएको शर्माको भनाई छ । तर कसलाई गोली प्रहार गरिएको हो भन्ने बारेमा प्रहरीले केहि खुलाएको छैन । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

Source: आदित्य कसौधन