Why Funeral is done after death of relative in Nepalese Cultureआफ्ना आफन्त को जुठो बार्दा नुन किन खाइदैन ? - SidhaSamachar
जुठो बार्दा नुन किन खाइदैन ?

Nepalese Funeral Tradition And Reason Behind It In Nepali

हिन्दु परम्परा अनतर्गतको प्रचलन भएपनि जुठोमा नुन बार्नु पर्ने बारे हिन्दु धर्म शास्त्रमा कतै पनि उल्लेख गरिएको छैन । नेपाल भित्रका हिन्दु समुदायमा मात्र यो प्रचलन रहेको देखियो भने भारतमा जुठोमा नुन बार्ने प्रचलन छैन ।


यो परम्परा नेपालमा कसरी रहन पुग्यो भन्ने बारे विभिन्न अनुमानहरु लगाउन सकिन्छ । समुन्द्रबाट सिर्जना हुने भएकाले नुनलाई अपवित्र नै मानिन्छ र यसलाई हवनमा पनि प्रयोग गरिदैंन । साथै नेपालमा नुन नपाइने भएकाले जुठो बारेको समय घरमा नातेदारको आवात जावत धेरै हुने र सो समय खाना बनाउँदा नुनको अभाव हुन सक्ने निष्कर्ष गर्दै यो प्रचलनको सुरुवात भएको अनुमान गर्न सकिन्छ । यस बाहेक चिकित्सा बिज्ञानमा नुनमा भएको तत्वले भोक सिर्जना गराउने लगायत रक्तचाप वृद्धि गराउने भएकाले जुठो वारेको समय शोकको समय मनलाई शान्त बनाउन पनि यस्ता नियमहरु लागू गरिएको अनुमान गर्न सकिन्छ ।