काठमाडौं ,जेठ ५- निर्वाचन आयोग, नेपाल ले प्रतिनिधि सभा सदस्यको आमनिर्वाचन–२०७९ (२०८०) सम्बन्धी खर्च विवरण सार्वजनिक गरेको छ। आयोगले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार निर्वाचन सम्पन्न गर्न सरकारले उपलब्ध गराएको बजेट र वास्तविक खर्चको विवरण सार्वजनिक गरिएको हो।
आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाल सरकारबाट कुल ६ अर्ब ११ करोड १२ लाख ७८ हजार २ सय रुपैयाँ प्राप्त भएको थियो। सो रकममध्ये ४ अर्ब १६ करोड ७८ लाख ३१ हजार ४४ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ। यस आधारमा ठूलो हिस्सा रकम बचत भएको देखिएको छ।
विज्ञप्तिअनुसार निर्वाचन व्यवस्थापन, मतदान केन्द्र सञ्चालन, कर्मचारी परिचालन, सुरक्षा व्यवस्थापन लगायत सम्पूर्ण कार्यका लागि उक्त खर्च भएको हो। आयोगले सार्वजनिक गरेको विवरणमा राजस्व र धरौटीसमेत समेटेर एकीकृत हिसाब तयार गरिएको जनाइएको छ।
त्यस्तै, कुल मतदाता संख्या करिब १ करोड ५८ लाख ३ हजार ६ सय ५९ रहेको आधारमा प्रति मतदाता औसत खर्च करिब २ सय ६३ रुपैयाँ रहेको आयोगले जनाएको छ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी बनाउन सहयोग पुर्याउने मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृत, सुरक्षाकर्मी तथा सम्बन्धित सबै निकायप्रति आयोगले धन्यवाद ज्ञापन गरेको छ।
आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा सार्वजनिक गरिएको यो विवरण आयोगको पारदर्शिता र वित्तीय उत्तरदायित्वतर्फको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको