काठमाडौं , माघ २८-राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाख ११ गतेदेखि सञ्चालन गर्ने घोषणा गरेको छ।
बोर्डका अनुसार देशभर एकै समयमा परीक्षा सञ्चालन हुनेछ। परीक्षाको तयारी अन्तिम चरणमा पुगेको र प्रश्नपत्र छपाइ, केन्द्र व्यवस्थापन तथा सुरक्षा व्यवस्था कडा बनाइएको जनाइएको छ।
बोर्डले परीक्षार्थीलाई समयमै प्रवेशपत्र लिन, परीक्षा केन्द्रको जानकारी राख्न र परीक्षा आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह गरेको छ।
परीक्षा तालिका, केन्द्र सूची तथा थप विवरण बोर्डको आधिकारिक सूचनामार्फत सार्वजनिक गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
२८ माघ २०८२, बुधबार ०६:५७ मा प्रकाशित