बागमती प्रदेशमा नयाँ मन्त्रिपरिषद् गठन, इन्द्र बहादुर बानियाँ मुख्यमन्त्री नियुक्त

sidhasamachar.com


हेटौँडा, साउन २० - बागमती प्रदेशमा नयाँ मन्त्रिपरिषद् गठन गरिएको छ। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम इन्द्र बहादुर बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्दै नौ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको हो।

प्रदेश प्रमुखको कार्यालयमा मंगलबार आयोजित विशेष समारोहमा मुख्यमन्त्री बानियाँसहित नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

नवनियुक्त मन्त्रीहरूको कार्यविभाजन यस प्रकार छ :

इन्द्र बहादुर बानियाँ (मुख्यमन्त्री) – मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आर्थिक मामिला तथा योजना, आन्तरिक मामिला तथा कानून, सामाजिक विकास, संस्कृति तथा पर्यटन, युवा तथा खेलकुद, सहकारी तथा गरिबी निवारण

मधुसुधन पौडेल – कृषि तथा पशुपन्छी विकास

शिवराज अधिकारी – भूमिसम्बन्धी जिम्मेवारी सहित

किरण थापामगर – स्वास्थ्य

कृष्ण कुमार लाम्साल – खानेपानी, ऊर्जा तथा सिँचाइ

जयराम थापा – श्रम, रोजगार तथा यातायात

डा. बिश्वेश्वर देवकोटा – भौतिक पूर्वाधार विकास

बिनु श्रेष्ठ – उद्योग, वाणिज्य, भूमि तथा प्रशासन

भरत बहादुर के.सी. – वन तथा वातावरण

यससँगै बागमती प्रदेशको नयाँ मन्त्रिपरिषद्ले काम थाल्ने भएको छ। राजनीतिक स्थिरता र विकासको गति अगाडि बढाउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया