काठमाडौं ,श्रावण २७- कुलिङ पिरियड प्रकरणमा विवादमा परेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले पदबाट राजीनामा घोषणा गरेका छन्।
संसदीय छानबिन समितिले निजामती विधेयकमा समितिबाट पारित प्रतिवेदनमा गम्भीर त्रुटि भएको निष्कर्ष निकालेपछि मंगलबार प्रतिनिधिसभा बैठकमा खतिवडाले राजीनामाको घोषणा गरेका हुन्। उनले सरकारी कर्मचारीका लागि कुलिङ पिरियड लागू हुने आफ्नो अडान यथावत रहेको समेत बताएका छन्।
२७ साउन २०८२, मङ्गलबार ०५:२० मा प्रकाशित