लामो फेसबुक स्टाटस लेखेर प्रधानाध्यापकद्वारा आत्महत्या !

sidhasamachar.com

दार्चुला,जेठ ४- दार्चुलामा फेसबुकमा लामो स्टाटस लेख्दै सम्पाल मावि सुन्सेराका प्रधानाध्यापक  बलदेव सिंह धामीले आत्महत्या  गरेका छन् ।उक्त पोस्ट अनुसार विभिन्न दबाबका कारण उनले आत्महत्या गरेको देखिन्छ।

नोट यस्तो रहेको छ "  जस्ताको त्यस्तै

पृय छाेराहरू राजेश / राकेश र प्यारी जीवन संगीनी सीता तिमीहरूले आफ्नो असल अभिभावक याे सुन्दर संसारबाट गुमाउँदैछाै । अत्यन्तै भावुक मुद्रामा तिमीहरूलाई मेराे मृत्युको खबर सामाजिक संजाल मार्फत जानकारी गराउँदैछु । ईमानदारीता, पारदर्शिता र जवाफदेहीता  मेराे कार्यशैलीमा दुष्मन र पापीहरूले चलखेल गरि मेराे सुन्दर परिवारलाई ध्वस्त बनाईदिए । रामेछाप जिल्लामा लामो समय शैक्षिक कृयाकलापमा समाहित म एक ईमानदार शिक्षक   नमुना विद्यालयकाे प्रधानाध्यापक गृह जिल्लामा एउटा विद्यालय नमुना बनाउने साेचले सरूवा गर्ने निर्णयमा पुगे तत्कालीन मेराे कार्यरत विद्यालय कुशेश्वर मा वि विद्यालय ब्यवस्थापन समितिमा कुरा राख्दा वि व्य स अध्यक्ष पृय भाइ दिपेन्द्र खड्काले सर तपाईंका दुई भाइ छाेराहरूलाई काठमाडौंका जुनसुकै कलेजबाट आई एस्सी पढाइ  दिन्छु मेराे कार्यकाल भरि बसिदिनुस भनेकाे यदि मानेकाे भए मेराे याे अवस्था यस्तो हुने थिएन । २०७७ साल कार्तिक ८ गते सरूवा भएर म दार्चुला जिल्लाको ब्याँस गाउँपालिका वडा नं ४ स्थित श्री सम्पाल मा वि सुन्सेरामा ४ जनाकाे सिंगाे सुन्दर परिवार सहित हाँजिर हुन आउँदा विद्यालयकाे गेटबाट प्रवेश गर्दा यहाँको माटो छाेएर विद्यालयलाई नमुना बनाउने संकल्प गरेकाे थिएँ । विद्यालयमा हाँजिर हुन आउँदा उद्देग लाग्दाे निराशाजनक वातावरण कुनै पनि सिष्टम र पद्धति नभएको डम्पिङसाईड जस्तो विद्यालयलाई धेरै प्रयास र प्रयत्न गरि ५ वर्ष भित्रमा नमुना बनाउने संकघाेष गरि कार्य थालनी गरे नभन्दै विद्यालय नमुना भयाे तर दुष्मनहरूले मलाई आत्महत्या गर्न बाध्य बनाए । गृह जिल्लामै भएर पनि आफ्नो घरलाई वास्ता गरेन  अहाेरात्र खटेर विद्यालय नमुना बनाएकाे हाेईन फाटाह पापीहरू शुरूदेखि तह श्रेणी र याेग्यता नभएका फटाहहरू दली भट्ट र हरि भट्टकाे प्रधानाध्यापक हुने र भ्रष्टाचार गरि विद्यालय निमट्यान्न गर्ने साेचमा पुर्णविराम लागेपछि अवराेध खेप्दै आएकाेमा एक दिन शनिबार विद्यालयकाे काममा ब्यस्त रहँदा रक्सीको मातमा शिक्षक र विद्यार्थीको अगाडि गालीगलाैच गरि मेराे बेईजत गरेकाे यादछ ? ?? ??? फाटाह दली भट्ट याे कुरा साेहिदिन ब्याँस गाउँपालिका उपाध्यक्ष विनाेद सिँह कुवर ज्युलाई समेत फाेन मार्फत जानकारी गराएकाे थिएँ ।  २०७७/११/१४ गते प्रधानाध्यापककाे पदभार  ग्रहण गरेपछि मैले के के काम गरेकाे थिए विद्यालय नमुना बनाउन ? ?? ??? 

(१) मंगलसिँह धामी ज्युकाे प्रमुख आतिथ्यतामा सर्बपक्षिय  भेला सबैलाई सम्मान कार्यक्रम विद्यालयकाे वातावरण निर्माण ।

(२) सबै किसिमका ड्राेईङडिजाईन र प्रस्तावना पत्र तयार ।

(३) शिक्षक विद्यार्थी आचारसंहिता पुर्णतया कार्यान्वयन 

(४) १८ काेठे विद्यालय पक्की भवन निर्माण ।

(५) विद्यालयका पुराना भवनहरूकाे मर्मत रङराेगन ।

(६) सुविधा सम्पन्न पुस्तकालय निर्माण ।

(७) सुविधा सम्पन्न आई सिटी प्रयोगशाला निर्माण ।

(८) स्मार्टबाेर्ड जडान र प्रयाेग ।

(९) प्रविधिमैत्री कक्षाकाेठा निर्माण र प्रयाेग ।

(१०) सुविधा सम्पन्न प्रशासनिक कक्ष निर्माण ।

(११) सुविधा सम्पन्न स्टाफ कक्ष निर्माण ।

(१२)  सुविधा सम्पन्न लेखा कक्ष निर्माण ।

(१३) विद्यालय संस्थापकहरूकाे अभिलेख ब्यवस्थापन ।

(१४) वि ब्य  स अध्यक्षहरूकाे अभिलेख ब्यवस्थापन ।

(१५) प्रधानाध्यापकहरूकाे अभिलेख ब्यवस्थापन ।

(१६) विद्यालय प्रवेश गर्ने सबै शिक्षकहरूकाे अभिलेख ब्यवस्थापन ।

(१७) बालमैत्री शाैचालय निर्माण ।

(१८) ब्यवस्थित विज्ञान प्रयोगशाला निर्माण ।

(१९) ब्यवस्थित कृषि प्रयाेगशाला निर्माण ।

(२०) ब्यवस्थित खानेपानी निर्माण ।

(२१) वृक्षारोपण गरि हरित विद्यालय निर्माण ।

(२२) शिक्षक प्रशिक्षक आवास ब्यवस्थापन ।

(२३) टाेल टाेलमा अभिभावक शिक्षा प्रदान ।

(२४) नमुना विद्यालय गुरूयाेजना डिपिआर तयार ।

(२५) नमुना विद्यालय स्थापना ।

(२५) प्राविधिकधारकाे विद्यालय स्थापना ।

(२६) ब्यवस्थित वालक्लव कक्ष स्थापना ।

(२७) अधिकतम संख्यामा दराजहरू ब्यवस्थापन ।

(२८)  १७० थान सुविधा सम्पन्न कुर्सी ब्यवस्थापन ।

(२९) शिशु कक्षा ब्यवस्थापन ।

(३०) पहिलाे पटक विद्यालयकाे ७१ ओेे बार्षिकाेत्सव आयाेजना ।

(३१) कहिले पनि ४: 00 सम्मम नचल्ने विद्यालय विहान ७: 00 देखि बेलुका ५:०० सम्म संचालन ।

(३२) विद्यार्थीहरू सबैलाई निशुल्क विद्यालय पाेशाक वितरण ।

(३३) नियमित अतिरिक्त कक्षा संचालन ।

(३४) विद्यालय विनियमावली तयार ।

(३५) खानेपानी फिल्टर , ट्याङकी व्यवस्थापन ।

(३६) विद्यालय आम्दानी खर्च प्रणाली ब्यवस्थापन ।

(३७) विद्यार्थी शिक्षक शैक्षिक भ्रमण सिकाई कार्यक्रम ।

(३८) SEE  र  SLC मा ३.२ र ३.६ जिपिए ल्याउने विद्यार्थीहरूलाई रू ५००० र १०,०००/ प्रदान ।

(३९) उ्त्कृष्ट जिपिए ल्याने विद्यार्थी अभिलेख ब्यवस्थापन  ।

(४०) नागरिक बडापत्र तयारि ब्यवस्थापन ।

(४१) शिक्षक उपस्थिति बाेर्ड ब्यस्थापन ।

(४२) विद्यार्थी अभिलेख बाेर्ड ब्यवस्थापन ।

(४३) शिक्षक अतिरिक्त घण्टी अभिलेख बाेर्ड ब्यवस्थापन  ।

(४४) गुनासो पेटीका ब्यवस्थापन 

(४५) झ्यालहरूमा पर्दा ब्यवस्थापन 


(४६) विद्यालयकाे चल्ती खातामा ५००/ रूपयाँ बुझेकाे थिएँ हाल १२,०००००/ बाह्र लाख रूपयाँ पुरयाएकाेछु।


कसरी जन्मेका थिए सत्रुहरू ? ?? ???

~ दलि भट्ट प्रधानाध्यापक हुन नपाएर ।

~ दम्फाकाे प्र अ प्रमानन्द भट्ट विद्यालयकाे पुरानो भवनको  २००००/ दुईलाखकाे ढुङ्गा सित्तैमा नपाएर प्र अ लाई याे कुनै पनि बेला महंगो पर्न सक्छ भनेकाे हाेईन फटाहा तैले ? ?? ???


के के गरि रहन्थे सत्रुहरू  ? ?? ??? 

~ विना गल्ती अख्तियारमा मुद्वा दायर प्रमानन्द भट्टकाे याेजनामा अरू ठुलाे ग्रुप संलग्न रहेकाे मेराे शतप्रतिशत  १००% विश्वास छ । 

~ विद्यालयकाे सानाे पनि नराम्रो कुरामा प्रमानन्द भट्टकाे मलाई फाेन आई रहन्थ्याे ।

~ विद्यालयकाे राम्रो र शुभकुराहरूमा उसकाे फाेन कहिले पनि आउँदैनथ्याे ।

 यसरी शुरू भएकाे थियाे  मेराे आत्महत्याको बाध्यकारी घटना

साभार:सामाजिक सन्जाल

प्रतिक्रिया