विश्व कप २०२६का लागि युरोपका समूह विजेता टिमहरूको छनोट सकियो, प्ले–अफमा तीव्र प्रतिस्पर्धा

sidhasamachar.com

काठमाडौं ,मंसिर ६- विश्वकप फुटबल  २०२६ का लागि युरोपेलि देशका समूह चरणको खेल सम्पन्न भएको छ । समूह विजेता बनेका १२ राष्ट्रहरू प्रत्यक्ष रूपमा छनोट भए भने अर्कोतर्फ रनर–अप टोली र नेशन्स लिगबाट अवसर पाएका राष्ट्रहरू बीच अब प्ले–अफ चरणमा कडा प्रतिस्पर्धा हुने भएको छ ।

सीधै छनोट भएका (समूह विजेता) राष्ट्रहरू

यसपटक उत्कृष्ट प्रदर्शन गर्दै समूह विजेता बनेका र प्रत्यक्ष प्रवेश पाएका राष्ट्रहरू: अष्ट्रिया, बेल्जियम, क्रोएसिया, इंग्ल्यान्ड, फ्रान्स, जर्मनी, नेदरल्याण्ड्स, नर्वे, पोर्चुगल, स्कटल्याण्ड, स्पेन र स्विजरल्याण्ड।

प्ले–अफ (समूह रनर–अप) मार्फत प्रतिस्पर्धा गर्ने राष्ट्रहरू

समूह चरणमा दोस्रो स्थान हात पारी अब प्ले–अफमा भिड्ने राष्ट्रहरू: अल्बानिया, बोस्निया, चेक गणतन्त्र, डेन्मार्क, इटाली, कोसोभो, पोल्यान्ड, आयरल्यान्ड, स्लोभाकिया, टर्की, युक्रेन र वेल्स।

यूएफा नेशन्स लिगमार्फत प्ले–अफ प्रवेश पाउने टोलीहरू

प्रत्यक्ष रूपमा समूहमा शीर्ष दुईमा प्रवेश गर्न नसके पनि नेशन्स लिग प्रदर्शनका आधारमा प्ले–अफमा अवसर पाएका राष्ट्रहरू: रोमानिया, स्वीडेन, उत्तरी आयरल्यान्ड र उत्तर म्यासेडोनिया।

अब यी टिमहरू मध्यबाट छनोट हुने टोलीहरू युरो २०२४ को अन्तिम चरणमा प्रवेश गर्नेछन् । युरोपेली फुटबलमा प्रतिष्ठित मानिने यो प्रतियोगिता अर्को वर्ष जर्मनीमा आयोजना हुँदैछ ।

फुटबल प्रेमीहरू बीच प्ले–अफ चरणलाई ‘छनोटको युद्ध’ को रूपमा हेरिएको छ, जहाँ प्रत्येक खेल निर्णायक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया