पर्यटन मजदुरहरुको दयनिय अवस्था; पर्यटकले बक्सिस दिन्छन् भन्ने आसमा मजबुरि गर्दै पर्यटक भरियाहरु!

sidhasamachar.com


काठमाडौं ,मंसिर १-पर्यटन मजदुरहरु कुन प्रकारका मजदुर हुन भन्ने कुरा किटान नभएको तर घुम्न तथा साहसिक यात्राका लागि आउने पर्यटकहरुलाई आफ्नो बल, बुद्धि, क्षेमताले भ्याएसम्म जिम्मेवार पुर्बक घुमाएर र हिमाल चढाएर कमिसन लिने एजेन्टको रुपमा रहेको पर्यटन व्यवसायीहरुको मुनाफा आर्जनको लागी माध्यम बनी आफ्नो श्रमशक्ती बेचेर जीवन गुजारा चलाउनु नै मजदुरहरुको जम्मा जम्मी दिनचर्या बनेको छ। सम्पुर्ण पर्यटन क्षेत्रका मजदुरहरुको हकधिकारका लागि पर्यटन व्यवसायी संग संबंधित विभिन्न संघसंस्थाहरु खोलिएको भएपनी अहिलेसम्म पर्यटन मजदुरहरुको पक्षमा कुनै नियम कानुन बनाई कार्यान्वयन गर्न सकेको छैन। पर्यटन क्षेत्रका मजदुरहरुको मुख्य समस्या हाएर एन्ड फायर रहेको छ यो सगैं पेशागत अधिकारको संरक्षण , सामाजिक सुरक्षा र राजनैतिक अधिकारको ग्यारेन्टीको प्रस्न पनि जोडिएको छ भने दैनिक ज्यालाले दुइछाक खान नपुग्ने अवस्था छ जस्तोकि जम्मा जम्मि दिनको २००० ज्यालामा भारि बोकिरहेका मजदुरले एक छाक सादा खानाको ८०० तिर्नु पर्छ अनि दिनमा दुइछाक खान नपुग्ने ज्यालादारीमा मजबुरि गरिरहेका भरियाहरुको दयनीय अवस्था छ । पर्यटन मजदुरहरु आफैमा संगठित हुन नसक्ने र केही मजदुरहरु संगठित भएपनी निरन्तरता दिन नसक्ने चरित्रबाट ग्रसित छ।


समग्र पर्यटन क्षेत्रमा कार्यरत मजदुरहरुको समस्या भनेको राजनैतिक, तथा बर्गिय आखाले हेर्ने समस्या हो । यो सम्पुर्ण समस्या समाधान सबै पक्षकाे अपनत्व हुने गरि सबैको सहभागितामा निर्माण हुने जनसम्बिधान मार्फत मात्र वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय रुपमा समानुपातिक ढंगले सबैको प्रतिनिधित्व हुने गरि गरिएको राज्यको पुनर्संरचना तथा संघीय गणतन्त्रले मात्रै समाधान गर्न सक्ने छ।


नेपालको प्रतिक्रियावादी सत्ताले पर्यटक, पर्यटन व्यवसायी र मजदुरहरुको हकमा स्पस्ट नीति नल्याउनु र विशुद्ध विदेशी मुद्रा आर्जनलाई मात्र हेरेको कारण अहिले सम्म पनि पर्यटन क्षेत्र व्यवस्थित हुन सकेको छैन। पर्यटन क्षेत्रमा काम गर्ने भनेर खोलिएका विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरु पर्यटन बोर्ड, पर्यटन विभाग , टान, पर्वतारोहण संघ, लगायत ले पनि अनेकौं सिर्सकमा जस्तै प्रचारप्रसार, तालीम अदिको नाममा फजुल खर्छ गर्ने गरिरहेको अवस्था छ र पार्टीको भातृसंगठनहरु पनि मजदुरको नाममा कमिसनको धन्दा गर्ने स्वार्थका लागि मजदुर विरोधी हरकत गर्ने लगायतका कार्य गर्ने गरेकोले यो क्षेत्र जरजर अवस्थामा पुगेको छ भने मुख्यत मजदुर वर्ग अत्यधिक मारमा परिरहेका छन् । 


आफ्नो ज्यानको बाजी लगाएर पर्यटकलाई हिमाल आरोहण गराउने, घुमाउने, गन्तव्य स्थानमा पुर्याएर ल्याउने जस्ता जोखिमपुर्ण काम मजदुरहरुको काधमा रहदै आएको हुन्छ । त्यो काम पनि आफ्नो पाखुरिमा बल र तिघ्रामा मासी हुँदासम्म कम्पनी तथा व्यवसायीले दिने गर्छन् अलि उमेर ढल्कदै जादा कामनै पाउदैनन् न उपदान, न सन्चय काेष न अरु कुनै व्यवस्था छ? यस्तो हालतमा पर्यटन मजदुरहरु गुज्रिनु वाध्यछन भने देशमा विदेशी मुन्द्रा मनग्ये भित्रिन्छ तर केमा लगानी हुन्छ कहाँ जान्छ अत्तोपत्तो छैन । यस क्षेत्रमा खुलेका विभिन्न संघ संस्थाहरुले नै वालुवाले पानी चुसे सरि चुसेरै सिधा्याउछन कि ? प्रत्येक्ष संम्लग्न हुने मजदुरले भने त्येसको केही औसत पनि प्राप्त गर्न पाउदैनन् यो अत्यन्तै दुःखद् अवस्था हो। 


मजदुरहरुको समस्या समाधान गर्नको निमित्त पर्यटनमा आबद्ध संगठन र व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल(टान) संग पटक पटक सम्झौता भएको छ तर त्यो सम्झौता मात्र कागजको खोस्टामा सिमित रहदै आएको छ।२४०दिन भन्दा बढी काम गरेका मजदुरहरुलाई नियुक्ति पत्र दिने लगाएत विभिन्न सम्झौता २०६४ असोज १४गते नै भएको थियोे  २०६६भाद्र २५ गते अल्पकालीन समझदारी र मिति २०६६चैत्र १० मा नेपाल सरकारको पर्यटन तथा नागरिक उडडयन मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय, नेपाल पर्यटन बोर्ड र उध्योग बाणिज्य महासंघका प्रतिनिधिहरु समेतको उपस्तिथिमा वार्ता भै तिनैको रोहवरमा टान र मजदुर संगठन हरुका प्रतिनिधिहरुले सम्झौतामा हस्ताक्षर गरेका थिए तर लागू हुन भने सकेन।

प्रतिक्रिया