काठमाडौं । प्रहरीमाथि कुटपिट गरेको आरोपमा अखिल नेता कमलराज जोशी पक्राउ परेका छन् ।
उनलाई बिहीबार दिउँसो काठमाडौंको बानेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपिलराज बोहराले जानकारी दिए ।
गएको माघ २४ गतेको राति काठमाडौंको ठमेलमा ड्युटीमा खटिएका दुई प्रहरीमाथि कुटपिट भएको थियो ।
१ फाल्गुण २०८१, शुक्रबार ०२:०४ मा प्रकाशित