काठमाडौं । लुम्बिनी प्रदेश सरकारले स्थापना दिवसको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
यसअघि २०७४ साल माघ २१ गते प्रदेशसभाको पहिलो बैठक बसेको दिन थियो । त्यही दिनलाई प्रदेशसभा स्थापना दिवसका रुपमा मनाउँदै आइएको छ ।
फागुन ३ गते सरकार गठन भएको दिनमा पनि प्रदेश सरकार स्थापना दिवस मनाउने गरिएको थियो । तर गएको वर्षदेखि माघ २१ गतेका दिन प्रदेश स्थापना दिवसको रुपमा मनाउन थालिएको हो ।
स्थापना दिवसको अवसरमा हिजोदेखि तीन दिनसम्म विभिन्न कार्यक्रम आयोजना भइरहेका छन । स्थापना दिवसका अवसरमा उत्कृष्ट झाँकीहरुलाई पुरस्कृत गरिने भएको छ । प्रथमलाई २० हजार, द्वितियलाई १५ हजार, तृतियलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ ।
२० माघ २०८१, सोमबार ०६:५२ मा प्रकाशित