भाद्र २३ र २४ गते प्रहरी अधिकारिहरुबाट यस्तो भएको भन्ने वक्तव्य आएको छ!

sidhasamachar.com

काठमाडौं ,असोज २४- भाद्र २३ गते  भएको १९ जेन जिहरुको गोलि हानी मृत्यु  लगायत सयौं युवाहरु घाइते हुनुको कारण र त्यसको भोलिपल्ट २४ गते प्रहरीको सुरक्षा फेलियर हुनुका कारण बारे प्रहरीको सामुहिक वक्तव्य प्राप्त भएको छ।सो वक्तव्यमा भएका विवरणहरु यसप्रकारका छ्न।

गत भदौ २३ को जेन जी आन्दोलनको दिन काठमाडौँ उपत्यकाको तीन जिल्लाको सुरक्षा हेर्न उपत्यका प्रहरी कार्यालय नेतृत्वबिहीन थियो। तत्कालीन एआईजी टेकबहादुर तामाङ् अवकाशमा गएपछि निमित्त प्रमुखको जिम्मेवारी डिआईजी ओम रानाले सम्हालिरहेका थिए। राष्ट्रिय अनुसन्धान बिभागबाट नेपा प्रहरिमा स्थानान्तरण भएका विवादास्पद पृष्ठभूमिका उनी कमाण्ड कन्ट्रोलमा कमजोर मानिन्छन्। डीआईजी रानाको कमान्ड कमजोर देखिएपछि उपत्यका प्रहरी कार्यालयका एसएसपी दीपशमशेर जवराले उपत्यकाको अपरेसन कमान्ड सम्हालेका थिए। 

जेन-जी आन्दोलनमा सामान्य प्रदर्शन हूने आँकलन गरेको काठमाडौँ प्रहरी टोली त्यतिबेला झस्कियो, जब डिएसपी एलिजा गिरीले संचारसेटमा "पुलिस मार्‍यो, मार्‍यो। हामीलाई मार्न आँट्यो।" डीएसपी गिरीले संचार सेटमा गुहार मादै गर्दा प्रदर्शनकारीहरु बानेश्वरको सुरक्षा घेरा तोडेर सांसद भवनभित्र छिर्न थालिसकेका थिए । त्यस लगत्तै संचारसेटमा तत्काल गोली चलाउने आदेश आयो। आदेश दिने प्रहरी अधिकारी थिए काठमाडौँ प्रहरी प्रमुख एसएसपी बिश्व अधिकारी।

 एसएसपी अधिकारीले पटक-पटक गरी ६ पटक गोली चलाउन आदेश दिए। तर पनि फिल्डमा खटिएको टोलीले स्थिति नियन्त्रणमा लिन गोली नचलाएपछि एसएसपी अधिकारीले आक्रोशित हुदै संचारसेटमा भनेका थिए "मैले ६/६ पटक भनिसकें, तुरुन्तै गोली चलाऊ, गोली नचलाए फिल्ड कमान्डरलाईं कारबाही गर्छु" एसएसपी अधिकारीको आदेश लगतै काठमाडौ उपत्यका प्रहरी कार्यालय रानीपोखबरीबाट अपरेसनको कमाण्ड गरेका एसएसपी दीपशमशेर जवरा कराए बाकीटकीमा भन्न थाले,  'तत्काल गोली चलाऊ, संसद भवनभित्र मान्छे छिर्न नदेऊ' । 

 पटकपटकको दबाबपछि फिल्डको प्रहरी यसरी दमनमा उत्रियो कि केही क्षणमै दर्जनौ युवा ठाउँको ठाउँ ढले, १९ जनाको मृत्यु भयो। प्रहीले बर्बर तरिकाले आन्दोलनकारी युवा विद्यार्थिहरुलाई गोलीले उडाएपछि सारा मुलुक नै आन्दोलनमा उत्रिने  अवस्था सिर्जना भयो। राज्य पक्षबाट १९ जनाको बर्बर हत्यापछि दवाव थेग्न नसकेर गृहमन्त्री रमेश लेखकले नैतिकताको कारण देखाउँदै राजीनामा दिए। त्यसै दिन साँझ बसेको राष्ट्रिय  सुरक्षा समितिको बैठकमा उपत्यकाको प्रहरी नेतृत्व खाली भएकोले तत्काल एआईजी खटाउनु पर्ने भन्दै नेपाल प्रहरीका आईजीपी चनद्रकुबेर खापुङ्ले प्रस्ताव गरे। उपत्यका प्रमुखमा एआईजी दानबहादुर कार्कीलाई खटाउने निर्णय भयो।

२४ गते बिहानै उपत्यका प्रहरिको कमान्ड सम्हालेका एआईजिपि कार्कीले सर्वोच्च अदालत, सिंहदरबार, संसद भवन, प्रधानमनत्री निवास, प्रहरी कार्यालयहरु लगायत विभिन्न ब्यापारिक भवन ध्वस्त हँंदा पनि कुनै हालतमा गोली नचलाउने, थुनुवा छोड्ने आदेश किन गरे? यस सम्बन्धमा पनि सम्मानित आयोगबाट गम्भिरता पुर्वक अनुसन्धान हुन जरुरि छ। काठमाडौ उपत्यकामा कार्यरत हामी पिडित कर्मचारीहरको अवस्था के भयो ? सम्मानित आयोगलाई अवगत नै छ।

संचार सेटमा कुनैपनि हालतमा गोली चलाउँदै नचलाउनू बल प्रयोग नगर्नु भन्ने अनि आफै भागेर कमाण्डर एआईजी नै नेपाली सेनाको हेडक्वाटर  छिरेपछि हामी मातहतको प्रहीले कुन मनोबलले काम गर्ने? पछि  थुनुवा पनि छोड्नू भन्ने आदेश आयो, तिनै थुनुवाले हाम्रो कार्यालयमाथि आगजनी गरे, हाम्रो सहकर्मी प्रहरि  साथीहरुलाई मारियो, कुटियो, हातहतियार लुटियो। प्रहरीलाई हात खडा गराएर आत्मसमर्पण गराएर बागमतीमा धकेलेर ढुङ्गा हानियो।

हामी प्रहरीहले अब कुन मनोबलले काम गर्ने? कमसेकम हामीलाई आफ्नो कार्यालय, सवारीसाधन, हातहतियार र थुनुवाको सुरक्षा गर्नु भनेर तालुक कार्यालयले थोरै भएपनि आत्मबल दिएको भए हामी हाम्रो प्रहरी कार्यालय हातहतियार, सावारीसधन र थुनुवाहरुको सुरक्षा गर्न सक्षम थियौँ। तर एआइजिपि कार्किबाट फिल्डमा खटिएका हाम्रो आत्मबल बढाउनु त कहाँ हो कहाँ, आफू सुरक्षित भएर भाग्नू भन्ने आदेश किन दिए ? 

भदौ २४ मा एआइजिपि कार्किको ब्यक्तिगत स्वार्थ र बदनियतको कारण प्रहरी कार्यालयहरु र कार्यरत हामी प्रहरी कर्मचारीको यो अवस्था भएकोमा दुईमत छैन । बिभिन्न अनलाइन मिडियाहरुमा प्रकाशित समाचार अनुसार 'अराजक भीडले रबि लामिछानेलाई जेलबाट निकालेर लिएर आउँछ, अनि लामिछाने सिधै प्रधानमन्त्री  हुन्छन्। र आफु सहजै प्रहरी नेतृत्वमा पुगुँ भनेर बदनियत राखेको प्रष्ट बुझिन्छ।

यसका साथै सम्मानित आयोगलाई ज्ञात होस्, काठमाण्डौं उपत्यकामा सबैभन्दा धरैै हतियार एआईजिपी दान बहादुर कार्किको कार्यालय रानीपोखरीबाट लुटिएका छन्। प्रहरीलाई गोली नचलाउने आवेश दिएर मुलुकलाई राज्य बिहिनतामा पुर्‍याउनुका साथै सर्वोच्च अदालतले प्रहरी पठाइदिन आग्रह गर्दा समेत प्रहरी नपठाएको भनि सर्वोच्च अदालतको फुलकोर्ट बैठकमा चर्चा हुनुले एआजिपी दानबहादुर कार्किको नियतमा ठूलो खोट र स्वार्थ थियो भन्ने कुरामा कुनै संकोच रहेन । 

काठमाण्डौं उपत्यका लगायत देशको अवस्था जटिल बन्दै गएको र प्रधानमन्त्री ओलीले समेत पद त्याग गरे पश्चात कार्कि  झनै हौसिएका थिए । देशको आगामी प्रधानमन्त्री रवि लामिछाने र नेपाल प्रहीको आईजिपी आफु हो भन्दै काठमाणडौंका तत्कालिन प्र जि.अ. छविलाल रिजाल मार्फत गृह सचिव गोकर्ण मणी दुबाडीलाई पुर्पक्षको क्रममा रहेका रवि लामिछानेलाई नख्खू कारागारबाट निकाल्नको लागि पत्र लेख्न भनि उनैले उक्साएका थिए।

रास्वपाका कार्यबाहक अध्यक्ष डि.पी. अर्याललाई पटक पटक फोन गरी गृह सचिब गोकर्ण मणी दवाडीलाई टेलिफोन गर्न भनेको, गृह सचिब दुवाडी र दान बहादुर कार्किको बिचमा सो बिषयमा बारम्बार कुराकानी भएको, डि.पी. अर्याल मुख्य सचिव एकनारायण अर्यालका बिचमा समेत रबि लामिछानेलाई कारागारबाट निकाल्ने कुरामा सहमति भएको, एआइजिपी दान बहादुत कार्कि, गृह सचिव दुवाडी र रबि लामिछानेका पत्नि निकिता पौडेल लामिछानेको बिचमा समेत कुराकानी भएको र डि.पी. अर्यालले क्रमशः ललितपुर प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख र नक्खु कारागारका प्रशासकलाई समेत फोन गरेको अवस्था छ। त्यसै कारण रास्वपाको सम्पुर्ण हेडक्वाटर रबि लामिछानेलाईं निकाल्न नक्खु कारागार पुगेको देखिन्छ।

दानबहादुर कार्किको अलावा २३ गतेको शान्तिपुर्ण आन्दोलनमा होमिएका युवाहरूमाथि जथाभाबी गोली बर्साएर निर्मम हत्या गर्न वाकीटकीबाट आदेश दिने तत्कालिन काठमाडौ प्रहरी प्रमुख एसएसपी विश्व अधिकारी, उपत्यका प्रहरिका अपरेसन कमाण्डर एसएसपी दीप शमशेर जवरा र अत्याधुनिका हतियारबाट गोली बर्साउने केन्द्रिय  प्रहरी विशेष कार्यदलका प्रमुख एसपी ऋषिराम कंडेल, नगर प्रहरी कार्यालय काठमाडौंका डिएसपी मन्जिल मुकारूङ्, काठमाडौं परिसरका अपरेसन कमान्डर डीएसपी सुन्दर तिवारी र केन्द्रिय  प्रहरी विशेष 'कार्यदलबाट संसद भवन सुरक्षार्थ  खटिएको स्पेशल टास्क फोर्संका ईन्स्पेक्टर समुन्नत अधिकारी, जथाभावी अत्याधुनिक हतियारबाट गोली प्रहार गर्नेहरुको समेत पहिचान गरि अपराधमा संलमन सबैलाई तत्काल निलम्बन गरि प्रचलित कानुन बमोजिम कारबाही गरियोस भनि माग गर्दछौँ।

   - काठमाडौ उपत्यकामा कार्यरत सम्पुर्ण दर्जाका पिडित  प्रहरी कर्मचारिहरु।


प्रतिक्रिया