काठमाडौं । नेपाल स्काउटको प्रमुख आयुक्तमा देवराज घिमिरे नियुक्त भएका छन्।
लामो समय राष्ट्रिय तथा अन्तराष्ट्रिय स्काउटको विभिन्न जिम्मेवारीमा रहेर काम गरेका घिमिरेलाई युवा तथा खेलकुदमन्त्री एवम् प्रमुख स्काउट तेजुलाल चौधरीले प्रमुख आक्युत नियुक्त गरेका हुन्।
मन्त्री चौधरीले निवर्तमान प्रमुख आयुक्त महेन्द्रराज रन्जितलाई हटाउँदै घिमिरेलााई प्रमुख आयुक्त बनाएका हुन्। स्काउटमा रन्जित विवादित बनेका थिए। राष्ट्रिय सतर्कता केन्द्रले उनको नियुक्ति कानुनसम्मत नभएको भनेको थियो। मन्त्री चौधरीले मन्त्रीस्तरीय निर्णयबाट घिमिरेलाई नयाँ प्रमुख आयुक्त नियुक्त गरेका हुन्।
घिमिरेसँगै अन्य सात जना राष्ट्रिय कार्यकारी समितिमा नियुक्त भएका छन्। नियुक्त हुनेमा इन्दु सुबेदी, कमल बहादुर देउजा, भुवन सुब्बा, सन्तोष कुमार थापा, स्मृति बराल, जहर सिंह थापा र सुस्मिता श्रेष्ठ छन्।