रवि लामिछाने आज काठमाण्डौ जिल्ला अदालतमा उपस्थित हुने

काठमाण्डौ  पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाण्डौ जिल्ला अदालतमा उपस्थित हुँदै हुनुहुन्छ ।

उहाँविरुद्ध काठमाण्डौमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज आफैँ अदालतमा उपस्थित हुन लाग्नुभएको हो । लामिछानेलाई अरु जिल्ला अदालतमा दर्ता भएका मुद्दाको प्रक्रियाका लागि स्वयं उपस्थित हुने शर्तमा कास्की अदालतले हिजो रिहा गर्न आदेश दिएको हो ।

अदालतको आदेशानुसार ६५ लाख धरौटी बुझाएर लामिछाने हिजो बेलुकी कास्की प्रहरीको हिरासतबाट रिहा हुनुभएको हो । लामिछानेसँगै  छविलाल जोशी, लीला पछाईँ, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ र आरती गुरूङ पनि धरौटी रकम बुझाएर रिहा भएका छन् ।

प्रतिक्रिया