आज धेरै ठाउँको मौसम सफा : कोशी प्रदेशसहित पहाडी क्षेत्रमा आंशिक बदली

काठमाण्डौ  आज कोशी प्रदेशसहित देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली छ । अरु बाँकी भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज पनि देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । तराई/मधेसमा बिहान हल्का हुस्सु र कुहिरो भए पनि घाम लागेसँगै दिउँसो मौसम सफा नै रहने अनुमान छ ।

आज उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । आज राति पनि देशका धेरै ठाउँमा मौसम सफा नै रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया