अल्बर्ट आइन्स्टाइनको मृत्यु भएको दिन,

sidhasamachar.com

कार्तिक १-जब अन्य पत्रकारहरू प्रिन्सटन अस्पतालतर्फ दौडिरहेका थिए, त्यही बेला राल्फ मोर्स नामका एक फोटोग्राफरले अर्कै बाटो अपनाए । उनी अस्पताल तर्फ  नगई आइन्स्टाइनको कार्यालयतर्फ गए र भवनका सुपरिटेन्डेन्टलाई एक बोतल स्कच दिई भित्र पस्ने अनुमति लिए।

भित्र पुगेपछि उनले आइन्स्टाइनको टेबुलका तस्वीरहरू खिचे त्यो त्यस्तो टेबुल थियो जहाँ केही घण्टा अघि सम्म एक महान् वैज्ञानिकको मस्तिष्कले काम गरिरहेको थियो।

सन् १९५५ अप्रिल १८ मा, ७६ वर्षको उमेरमा अल्बर्ट आइन्स्टाइनको निधन भयो। यो खबर फैलिनासाथ पत्रकार र फोटोग्राफरहरू प्रिन्सटन अस्पतालतर्फ दौडे, जहाँ आइन्स्टाइनले आफ्नो अन्तिम समय बिताएका थिए, तर त्यही समयमा  लाइफ म्यागजिनका फोटोग्राफर राल्फ मोर्सले फरक विचार गरे।

उनलाई लाग्यो आइन्स्टाइनको वास्तविक जीवनको झल्को अस्पतालमा होइन, बरु प्रिन्सटन विश्वविद्यालयको उनको कार्यकक्षमा देख्न सकिन्छ।

त्यसैले उनले एक बोतल स्कच दिएर सुपरिटेन्डेन्टबाट अनुमति लिए, र कार्यालयभित्र प्रवेश गरे। त्यहाँ उनले अत्यन्तै भावनात्मक तस्वीरहरू खिच्ने मौका पाए। त्यहाँ थिए  आइन्स्टाइनको कागज, जर्नल र नोटले भरिएको टेबुल, किताबले भरिएका र्‍याकहरू, र हिसाबका समीकरणहरुले भरिएको एउटा ब्ल्याकबोर्ड। उनको मृत्यु पूर्व त्यहाँ सबै वस्तुहरु समेटिएका थिए तर  आइन्स्टाइनको मृत्युको केही घण्टापछि नै त्यो टेबुलका कागज, जर्नल र नोटहरू पुरै छरिएको थियो ।  मानौँ कि उनको मस्तिष्क केही समय अघिसम्म पनि सक्रिय रहेको थियो । ब्ल्याकबोर्डमा लेखिएका समीकरणहरूबाट थाहा हुन्थ्यो  आइन्स्टाइन आफ्नो अन्तिम सास सम्म पनि  समस्या सुल्झाउने प्रयासमा थिए।


यी तस्वीरहरूले एउटा इतिहास बोकेको छ र यी तस्वीरहरु केवल एउटा ऐतिहासिक कारणले मात्र प्रसिद्ध भएनन्, यसले यस्तो अनुभूति पनि जगायो कि प्राय महान् प्रतिभाहरु यस्तै  अव्यवस्थामा नै जन्मिन्छ।

र एउटा गज्जवको  कुरा के हो भने  आइन्स्टाइनले एकपटक भनेका थिए:

 “यदि अस्तव्यस्त टेबुल अस्तव्यस्त दिमागको चिन्ह हो भने, खाली टेबुल केको चिन्ह होला?”

त्यही कारण, उनको कार्यालयको यो अन्तिम तस्वीर नै उनको जीवनको सबैभन्दा सटीक र प्रतीकात्मक चित्र बन्यो।

🖋️Showtube 

प्रतिक्रिया