काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दोस्रोपटक नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङसँग सोधपुछ गरेको छ। सिआइबीले मंगलबार गुरूङसँग ४ घन्टा बढी सोधपुछ गरेको हो।
‘आज मध्याह्न १२ बजेदेखि अपराह्न ४/५ बजेसम्म उहाँ (धनराज गुरूङ) सँग बयान लियौं,’ सिआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले भने। गुरूङ ललितपुरको मितेरी सहकारीकी व्यवस्थापक ज्योति गुरूङका श्रीमान् हुन्। धनराजले आफूहरूबीच सम्बन्धविच्छेद भइसकेको दाबी गरेका छन्।
यसअघि पनि बयान लिँदा गुरूङले सिआइबीसँग यस विषयमा आफ्नो संलग्नता नभएको बताएका थिए। सहकारी व्यवस्थापक रहेकी ज्योतिविरूद्ध रेड कर्नर नोटिस जारी भइसकेको छ। ज्योतिले सहकारीको १४ करोड ८१ लाख रुपैयाँ बचत अपचलन गरेको आरोप छ।
२३ पुस २०८१, बुधबार १२:५२ मा प्रकाशित