काठमाडौंमा लागू गरिएको कर्फ्यू हटाइयो, संवेदनशील क्षेत्रमा निषेधाज्ञा यथावत

sidhasamachar.com

काठमाडौं ,भाद्र २८-  काठमाडौं जिल्ला प्रशासन कार्यालयले भाद्र २५ गतेदेखि जिल्लामा लगाइएको कर्फ्यू हटाएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार सूचना जारी गर्दै कर्फ्यू आदेश तत्काल हटाइएको जानकारी दिएको हो।

जारी सूचनामा भनिएको छ, “यस जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विशेषणको आधारमा जिल्लामा लगाइएको कर्फ्यू तथा निषेधाज्ञा मिति २०८२ भाद्र २५ गतेदेखि हटाइएको छ।”

तर, यसअघि २०८२ भाद्र १६ गते प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार तोकिएको संवेदनशील स्थानहरुमा निषेधित क्षेत्रसम्बन्धी आदेश भने यथावत् रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यसअघि राजधानीमा उत्पन्न सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै कर्फ्यू आदेश जारी गरिएको थियो। कर्फ्यू हटाइए पनि संवेदनशील क्षेत्रमा कायम रहेको निषेधाज्ञा आदेशको पालना गर्न प्रशासनले नागरिकलाई आग्रह गरेको छ।



प्रतिक्रिया