काठमाडौं ,फाल्गुन २१-आज देशैभर प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत १६५ निर्वाचन क्षेत्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। निर्वाचन आयोग ले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान सञ्चालन गरिएको जानकारी दिएको छ। आयोगका अनुसार देशभर तोकिएका सबै मतदान केन्द्रहरूमा निर्धारित समयमै मतदान प्रक्रिया सुरु भएको थियो र अधिकांश स्थानमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ।
आयोगले उपलब्ध गराएको सूचनाअनुसार देशभर हजारौं मतदान स्थल र मतदान केन्द्रमार्फत मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन्। प्रारम्भिक तथ्यांकअनुसार करिब ६० प्रतिशत हाराहारीमा मतदाता सहभागिता भएको अनुमान गरिएको छ, यद्यपि अन्तिम विवरण आउन बाँकी रहेको आयोगले जनाएको छ। केही स्थानमा सामान्य प्राविधिक समस्या तथा विवादका घटना देखिए पनि ती तत्काल समाधान गरिएको र समग्रमा निर्वाचन प्रक्रिया शान्तिपूर्ण रहेको जनाइएको छ।
यस निर्वाचनमा प्रत्यक्ष प्रणालीतर्फ ३ हजारभन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्। विभिन्न राजनीतिक दलका साथै स्वतन्त्र उम्मेदवारहरूले पनि प्रतिस्पर्धा गरेका छन्। निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनासहित सुरक्षा निकायहरू परिचालित भएका थिए।
मतदान सम्पन्न भएसँगै मतपेटिका संकलन गरी सम्बन्धित मतगणना केन्द्रतर्फ पठाउने कार्य सुरु गरिएको आयोगले जनाएको छ। मतपेटिका सुरक्षित रूपमा संकलन भएपछि मतगणना प्रक्रिया चरणबद्ध रूपमा सुरु हुनेछ। प्रारम्भिक मतपरिणाम केही स्थानबाट छिट्टै सार्वजनिक हुन सक्ने र अन्तिम परिणाम आउन केही दिन लाग्न सक्ने आयोगको भनाइ छ।
प्रतिनिधि सभा सदस्यका लागि सम्पन्न आजको मतदानलाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ। अबको मतगणना र परिणामले मुलुकको आगामी राजनीतिक दिशा निर्धारण गर्ने भएकाले सबैको ध्यान परिणामतर्फ केन्द्रित भएको