काठमाडौं ,श्रावण १६-सिनास कलेजद्वारा ११ कक्षामा भर्ना नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ।
व्यवस्थापन ,मानविकी,शिक्षा तथा कानुन विषयको स्नातकसम्म अध्यापन गराइने यस संस्थामा दुइ सय पचास भन्दा बढीको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा शिक्षा क्षेत्रका दिग्गज व्यक्तित्वहरुको पनि उपस्थिति रहेको थियो।
उक्त अवसरमा विद्यार्थीहरुद्वारा विविध सास्कृतिक प्रस्तुति दिइएको थियो।बिहान नौ बजेबाट शुरु भएको सो कार्यक्रम भव्यताका साथ सम्पन्न भएको कुरा क्याम्पस व्यवस्थापनले जनाएको छ।
१६ साउन २०८२, शुक्रबार ११:४० मा प्रकाशित